काठमाडौं, साउन १३ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ।
आज (मंगलबार) बिहान ११ बजेका लागि तय भएको बैठक केहीबेरअघि अर्को सूचना नआएसम्मका लागि स्थगित भएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए।
“बैठक स्थगित भएको सूचना आएको छ। अर्को बैठक कहिले बस्छ, टुंगो छैन,” उनले भने।
Facebook Comments


























