काठमाडौं, साउन १३ । नेकपाको विवाद उत्कर्षमा पुगेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी बैठक रोकेको भन्दै सुचारु गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।
उनीसँगै झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बालुवाटार पुगेका छन्। सोमबार प्रचण्डसहितका इतर समूहले स्थायी कमिटी नरोक्ने निष्कर्ष निकालेका थिए। मंगलबार बिहानसम्म दुई अध्यक्षबीच कुनै संवाद हुन नसकेपछि बैठक अनिश्चितकालसम्म रोकिएको थियो।
अहिले अर्को पक्ष बैठक गर्ने भन्दै बालुवाटार पुगेको छ। स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि बैठक बस्ने तयारी रहेको बुझेको बताएका छन्। सञ्चो नभएकाले रोकिएको जानकारी नपाएको र बैठक चल्ने थाहा पाएको उनको भनाइ थियो।
Facebook Comments


























