असार १२ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा आर्सनलले जित निकालेको छ।
आइतबार राति भएको खेलमा आर्सनलले वाट्फोर्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे। केइरन टिर्नेएले थप एक गोल गरे।
वाट्फोर्डका डानी वेलब्याक र ट्रोय डेनीले एक एक गोल फर्काए।
जितसँगै आर्सनलले ५६ अंक जोडेर आठौं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ। वाट्फोर्ड भने ३४ अंक जोडेर रेलिगेसनमा परेको छ।
यस्तै टोटेनहमले अन्तिम खेलमा क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरी खेलेको छ।
टोटेनहमका ह्यारी केनले एक गोल गरे। क्रिस्टलका जेफ्रीले एक गोल फर्काए।
बराबरीसँगै टोटेनहमले छैटौं स्थानमा रहेर सिजनको अन्त्य गरेको छ। टोटेनहमले ५९ अंक जोड्यो।
क्रिस्टल ४३ अंक जोडेर १४ औं स्थानमा रह्यो। एजेन्सी
Facebook Comments


























