काठमाडौं, साउन ११ । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको जानकारी दिए।
तर, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार चार जनामा पुष्टि भएपछि कन्ट्याक ट्रेसिङबाट थप प्रहरी अधिकारीको स्वाब संकलन गरिएको थियो। त्यसमा पनि केहीमा संक्रमण पुष्टि भएको बुझिएको छ।
Facebook Comments


























