काठमाडौं, साउन १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समकालीन नेपाली ईतिहासमा अहिलेजस्तो न्यायालय र न्यायमूर्तीहरुको निन्दा, विरोध, भर्त्सना कहिल्यै नभएको टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमा न्याय मरेको आभाष भएको लेखेका छन्।
‘दलगत भागबण्डामा न्यायधीशको नियुक्ति, भ्रष्ट प्रवृत्ति र दण्डहीनताको परिणाम हो यो’ थापाले लेखेका छन्‚ ‘यो समग्र राजनीतिक प्रणालीकै कमजोरी हो। बाटो गलत छ।’ थापाले समयमै सच्याउने साहस गरौं भन्दै दलहरुलाई आग्रह गरेका छन्।
Facebook Comments


























