वीरगन्ज, साउन १० । पर्साको ठोरी गाउँपालिका वडा नं ५ बाघमोर्चामा अन्दाजी ७५ वर्षिय एक वृद्धको शव फेला परेको छ।
बाघमोर्चा मन्दिरको नजिकै फेला परेको शव केही वर्ष अघि देखि सोही स्थानका गाउँघरमा माँगेर जीविको पार्जन गर्दै आएका परिचय नखुलेका ती वृद्धको शव फेला परेको हो।
स्थानीयको भनाई अनुसार उनी बाघमोर्चा मन्दिरमा सरसफाई गर्दै मन्दिर सहयोगीको रुपमा मन्दिर मैं बस्दै आएकी थिइन्।
शव देखे पछि स्थानीयबासीले प्रहरीलाई खबर गरेको र शवको थप अनुसन्धानका लागि वीरगन्ज पठाईएको ईलाका प्रहरी कार्यालय ठोरी, पर्साका प्रहरी निरीक्षक अशोक साहले बताए।
प्रहरीले स्थलगत निरीक्षण गरिसकेको र बिरगंज पुर्याए पछी थप जानकारी प्राप्त हुने प्रहरी निरीक्षक साहले बताए।
Facebook Comments


























