साउन ९ । चीनमा आयोजना हुने सांघाई ओपन मास्टर्स टेनिस यस वर्ष आयोजना नहुने भएको छ। कोरोना भाईरसको महामारीको कारण आगामी अक्टोबरमा हुने सांघाई ओपन नहुने भएको हो।
सांघाई ओपन अक्टोबर ११ देखि १८ सम्म हुने तालिका रहेको थियो। चीन सरकारले कोरोनको कारण यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा रोक लगाएपछि सांघाई ओपन नहुने भएको हो।
चीन सरकारले यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता नहुने जनाएपछि अन्य टेनिसको थुप्रै प्रतियोगिता समेत रद्द गरिएको छ। एसोसिएसन अफ टेनिस प्रोफेसनल्स (एपीटी) ले सांघाई ओपनसहित चीनमा आयोजना हुने मुख्य ७ टेनिस प्रतियोगिता रद्द गरिएको जनाएको छ।
एपीटीले सांघाई ओपनसहित एटीपी मास्टर्स, चाइना ओपन, छेन्दु ओपन र झुहाई च्याम्पियनसिप समेत रद्द गरिएको जनाएको छ।
Facebook Comments


























