साउन ६ । पाहुना टोली वेष्ट इण्डिजविरुद्धको दोस्रो टेष्ट इंग्ल्याण्डले जीतेको छ।
ओल्ड ट्राफोर्डमा टेष्टको पाँचौं दिन इंग्ल्याण्डले वेष्ट इण्डिजलाई सोमबार १ सय १३ रनले हराएको हो।
दोस्रो टेष्टमा जीत निकालेसँगै इंग्ल्याण्डले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ। पहिलो टेष्टमा इंग्ल्याण्ड ४ विकेटले पराजित भएको थियो। अब दुई टोलीबीचको अन्तिम तथा तेस्रो टेष्ट शुक्रबारबाट सुरु हुनेछ।
घरेलु टोलीले दिएको ३ सय १२ रनको चुनौतिपूर्ण लक्ष्यसहित दोस्रो इनिङ्स थालेको वेष्ट इण्डिज अलआउट हुँदै १ सय ९८ रनमा समेटियो।
इंग्ल्याण्डका बलरसामु वेष्ट इण्डिजका शाम्रह ब्रुक्सले ६२ तथा जेर्मिने ब्लाकवुडले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्नु बाहेक अन्यले उलेख्य रन जोड्न सकेनन्। कप्तान जासन होल्डर ३५ रनमा आउट भए।
इंग्ल्याण्डका स्टुवार्ड बोर्डले ३ विकेट लिए। यस्तै डम बेस, क्रिस वोक्स र बेन स्टोक्सले २र२ विकेट लिए।।
यस अघि इंग्ल्याण्डले दोस्रो इनिङ्समा ३ विकेटको क्षतिमा १ सय २९ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दै वेष्ट इण्डिजलाई चुनौतिपूर्ण लक्ष्य दिएको थियो।
दोस्रो इनिङ्समा इंग्ल्याण्डका लागि बेन स्टोक्सले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान जोय रुटले २२ रन जोड्दा ओली पोपे १२ रनमा अविजित रहे।
इंग्ल्याण्ड जाक क्रलीले ११ रन बनाए भने जोस बट्लर सुन्य रनमा आउट भए। वेष्ट इण्डिज केमार रोचले २ विकेट लिए। यसअघि पहिलो इनिङ्समा इंग्ल्याण्डले ९ विकेटको क्षतिमा ४ सय ६९ रन बनाएको थियो। एजेन्सी


























