काठमाडौं, साउन २ । चालु आर्थिक बर्षको मौद्रिक नीति अनुसार, वाणिज्य बैङ्कहरुले कृषिको विकासमा कुल लगानीको १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने भएको छ।
नीति अनुसार, कृषि विकासका लागि कृषि विकास बैङ्कलाई अगुवा बैंकको रुपमा लिइएको छ।
उनीहरुले २०८० सम्म १५ प्रतिशत कर्जा कृषिमा लगाउनु पर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यवस्था गरेको छ। यसअघि बैङ्कहरुले कृषिमा १० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए।
Facebook Comments

























