काठमाडौं, साउन २ । नेपाल राष्ट्र बैकले कोभिड–१९ संक्रमणका कारण प्रभावित क्षेत्रमा कर्जा प्रवाह गर्ने भन्दै बैंकहरुको कर्जा तथा स्रोत परिचालन अनुपात (सिसिडि) ८० प्रतिशतबाट ८५ प्रतिशत पुर्याएको छ।
२०७८ असार मसान्तसम्मका लागि सिसिडि अनुपात ५ प्रतिशतले बढाइएको हो। कर्जा स्रोत परिचालन अनुपात गणना गर्दा यसअगाडि सबै प्रकारका समायोजन खारेज गरिएका छन्।
Facebook Comments

























