काठमाडौं, साउन २ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका तीन सदस्य निर्देशकमा नियुक्त भएका छन्।
प्रतिष्ठानका प्रमुख कांग्रेस उपसभापति विमलेन्द्र निधिले नीति निर्देशकमा डा। जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा. सूर्य ढुंगेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुंगा) लाई नियुक्त गरिएको हो।
कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३६ (१) (घ) बमोजिम तीनै जनालाई नियुक्त गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए। उनका अनुसार यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा रञ्जित कर्ण (सप्तरी) लाई मनोनयन गरिएको थियो।
Facebook Comments


























