काठमाडौं, साउन २ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक शनिवार (भोलि) लाई बोलाइएको छ।
साउन ४ गतेलाई तय गरिएको स्थायी कमिटीको बैठकअघि सचिवालय समितिको बैठक बस्न लागेको हो। शुक्रवार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सचिवालय बैठक बोलाउने सहमति भएको हो।
केही समययता नेकपाभित्र आन्तरिक विवाद उत्पन्न भएको छ। नेकपाका शीर्ष नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेपछि पार्टीभित्र थप विवाद बढेको छ।
विवाद बढ्दै गएपछि ओली र प्रचण्डबीच पटक–पटक छलफलबाट सहमति जुटाउने प्रयास भए पनि कुनै सहमति हुन सकेको छैन।
Facebook Comments

























