काठमाडौं, साउन २ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक अगाडि दुई अध्यक्षबीच भेटवार्ता भएको छ।
शुक्रबार ११ बजेका लागि डाकिएको स्थायी समिति बैठक अगाडि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बिहान १० बजे नै बालुवाटार पुगेका थिए। अहिले दुई अध्यक्षबीच भेटवार्ता भइरहेको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए।
‘प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच अहिले भेटवार्ता भइरहेको छ’, बजगाईंले भने।
Facebook Comments


























