काठमाडौं, साउन १ । प्रधानमन्त्रीनिवास बालुवाटामा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता जारी छ।
तीन नेताबीच बिहान ११ बजेर ४० मिनेट जादा देखि वार्ता भइरहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए। “उहाँहरूबीच ११ बजेर ४० मिनेट जादा देखि वार्ता भइरहेको छ। संवाद अझै जारी छ,” सापकोटाले भने। बुधबारको छलफल निष्कर्षमा पुग्न नसकेपछि प्रचण्डले आफैं नेता नेपाललाई पनि वार्तामा सहभागी गराउनुपर्नेमा जोड लगाएका थिए।
आजसमेत गरी ओली–प्रचण्ड स्थायी कमिटी बैठकयता सातपटक वार्तामा बसेका छन्। तर, बैठक उपलब्धिशून्य रहँदै आएको छ। दुई अध्यक्ष संवादमै रहेकाले स्थायी कमिटी बैठक असार १६ गतेयता अवरूद्ध छ। भोलिका लागि तय गरिए पनि स्थगित हुने सम्भावना रहेको स्रोतले जानकारी दियो।
Facebook Comments


























