काठमाडौं, असार २९ । मयूर यातायातले काठमाडौं उपत्यकामा बस सेवा सुरु गरेको छ। सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेर बस नचलाउने बताइरहँदा मयूरले सोमबारदेखि उपत्यकाभित्र र काभ्रेको बनेपासम्म बस चलाउने निर्णय गरेको हो।
कम्पनीका अध्यक्ष मोहन श्रेष्ठका अनुसार सरकारले तोकेको मापदण्डअनुसार आजैदेखि ६ वटा बसमार्फत सेवा सुरु गरिएको छ। सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जनामात्रै यात्रु राखिने मयूरले जनाएको छ।
काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई बस र रिङगरोडमा ४ वटा बसले सेवा दिएको जनाइएको छ। भाडा भने ५० प्रतिशत बढी लिने बताइएको छ।
Facebook Comments


























