काठमाडौं, असार २९ । भारतीय चारवटा न्यूज च्यानलहरुको प्रसारणलाई कायम राखेर अन्य च्यानलहरुको प्रसारणमा प्रतिबन्धलाई निरन्तरता दिइने भएको छ। नेपालका केबल अपरेटरहरूले केवल चार भारतीय न्यूज च्यानलहरुलाई मात्र प्रसारणमा प्रतिबन्ध लगाउने बताएका छन्।
जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय केबल अपरेटरहरूको आइतबार बसेको बैठकले गरेको हो।
नेपालमा केही केवल अपरेटरहरुले धेरै भारतीय च्यानलहरु रोके पनि डिसहोमले भने चारवटा न्यूज च्यानल मात्र रोकेको थियो।
केवल सञ्चालकहरुलाई भारतीय मिडियाले आफ्नो गल्ती नसच्याएसम्म प्रतिबन्ध कायमै राख्न भनेको छ।
केही भारतीय च्यानलहरुले नेपालका प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूतलाई जोडेर भ्रमपूर्ण र आपत्तिजनक सामग्री प्रसारण गरेका थिए।
Facebook Comments


























