काठमाडौं, असार २८ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बाढी र पहिरोका कारण प्रभावित भएकाहरूको उद्धार तथा राहतमा जुट्न आह्वान गरेका छन्।
आइतवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै आफ्ना कार्यकर्ता तथा नेताहरूलाई उनले पीडितको उद्धार तथा राहतमा होमिन आह्वान गरेका हुन्।
उनले लेखेका छन्, ‘अविरल वर्षाले देशका बिभिन्न जिल्लाहरू डुबानमा छन। जनधनको क्षति भइरहेको छ। मानिसहरूको मृत्यु भइरहेको छ,केही घाइते छन र कैयौं बेपत्ता छन्। विपदको समयमा कांग्रेस पार्टीका जिल्ला,क्षेत्र,नगर र गाउँका साथीहरूलाई आफू सुरक्षित हुँदै प्रभावित स्थानहरुमा उद्धार तथा राहतमा जुट्न आग्रह गर्दछु।’
Facebook Comments


























