काठमाडौं, असार २४ । एनसेलले आफ्ना सबै फोरजी ग्राहकको लागि ‘ननस्टप यूट्युब’ अफर ल्याएको छ।
भिडियो सामाग्रीहरु हेर्दा धेरै डाटा खपत हुने र शुल्क पनि बढी लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले यूट्युबको प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ।
एनसेलको प्राइभेट लिमिटेडले नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप यूट्युब’ अफर ल्याएको हो।
यस प्याकेजमा नयाँ ‘प्लस’ थिम अन्तर्गत डेटा बन्डलिङ सहित यूट्युब अफर, एकसय रुपैयाँमा एक हप्ताभरि यूट्युब चलाउन मिल्ने, थप ४ जीबी अल टाइम अल नेटवर्क डाटा, फेसबुक र टिकटकको लागि थप डाटा पनि लिन सकिने एनसेलले जनाएको छ।
ग्राहकले ननस्टप यूट्युब प्याक सञ्चालन गरेपछि हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म मात्र २० रुपैयाँ (कर सहित २५.५३ रुपैयाँ) मा ३५०० एमबी थप डाटाको लिन सक्नेछन्। थप लगिएको डाटा ग्राहकले फेसबुक चलाउनको लागि प्रयोग गर्न सक्नेछन्। त्यति नै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म ३५०० एमबी थप डाटाको मजा लिन सक्नेछन्। आफ्नो आवश्यकता अनुसार ग्राहकले फेसबुक र टिकटकका लागि दुवै डाटा पनि लिन सक्नेछन्।
एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स १ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सजिलै सञ्चालन गर्न सक्नेछन्। सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता अनुरुप एनसेलले आफ्ना फोरजी ग्राहकलाई लक्षित गर्दै यो आकर्षक योजना ल्याएको जनाएको छ। सन् २०१७ मा फोरजी सेवा सञ्चालनमा ल्याएपछि कम्पनीले देशको विभिन्न भागमा तदारुकताका साथ यो सेवाको विस्तार गरेको हो।
यस अफर अन्तर्गतको ननस्टप यूट्युबको फाइदा लिन ग्राहकसँग एनसेल फोरजी सिम कार्ड, फोरजी चल्ने मोबाइल र एनसेलको फोरजी नेटवर्क कभरेज भित्र हुनु पर्दछ। आफ्नो थ्रिजी सिम कार्ड फोरजी सिममा अपगे्रड गरी नसकेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आफ्नो सिम निःशुल्क अपग्रेड गर्न एनसेलको आग्रह छ।
साथै सिम अपगे्रड गर्ने ग्राहकले थप १ जीबी डे प्याक डाटा निःशुल्क प्राप्त गर्ने एनसेलले जनाएको छ।


























