काठमाडौं, असार २४ । युनिलिभर नेपाल आफ्नो सामाजिक व्यवसायिक उत्तरदायित्व अन्तर्गत विश्वकै लागी चुनौती बन्न पुगेको कोभिड–१९ महामारी विरुद्धको लडाईको क्रममा एक प्रेरणादायी कार्यमा जोडिन पुगेको छ। हालको महामारीले निम्त्याएको संकटको अवस्थामा कम्पनीले स्वतन्त्र रुपमा निम्न कार्यहरु गरेको छ। सो कार्यको क्रममा कम्पनीको तर्फबाट प्रदान गरिएको राहत प्याकेज रु ३.७८ करोड बराबर रहेको छ।
मेडिकल पूर्वाधारहरुलाई सुदृढ बनाउनका निमित्त सहकार्य
गम्भीर प्रकृतिका विरामीहरुको उपचारमा प्रयोग गर्नका लागि युनिलिभरद्वारा ५ वटा भेन्टिलेटर उपकरणहरु स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्रालयलाई उपलब्ध गराइएको छ। साथै कम्पनीले मन्त्रालयलाई २८८० जनाको लागि कोभिड–१९ परीक्षण गर्न आवश्यक पर्ने स्वाब संकलन, नमूना भण्डारण र पिसिआर ट्युबहरुसहितको न्यूक्लेइक एसिड डायग्नोस्टिक पनि उपलब्ध गराएको छ।
युनिलिभर नेपालले १ करोड ५७ लाख रुपैयाँ बराबरको मेडिकल उपकरणहरु उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। यी उपकरणहरु कम्पनीको कार्यक्षेत्रभित्र परेका हेटौडा अस्पताल, मकवानपुर, भरतपुर अस्पताल, चितवन, नारायणी अस्पताल, वीरगञ्ज र वीर अस्पताल काठमाडौं गरी ४ मुख्य अस्पतालहरुलाई दिइने छ। कम्पनीको कारखाना टिमको तर्फबाट पनि हेटौंडाका विभिन्न निकायहरुलाई एैन ९५ मास्क, सर्जिकल मास्क, निर्मलीकरण गरिएको पञ्जा र चिकित्सा चश्माहरु लगायतका पिपिइ सेट हस्तान्तरण गरिएका छन्।
सुस्वास्थ्य र स्वच्छताको लागि उत्पादनहरु वितरण
कोभिड–१९ को महामारी लाई फैलिनबाट जोगिनका लागि हात धुनु सबैभन्दा प्रभावकारी उपाय मध्ये रहेको भनि हामी सबैलाई थाहा छ। कम्पनीले नेपाल सरकारका निकायहरु जस्तैः स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्रालय, उद्योग विभाग, नेपाल प्रहरी, नेपाली सेना, वडा कार्यालयहरु र अन्य कार्यालयहरुलाई १५४,००० भन्दा बढी थान, लक्स, डोभ, लाइफब्वाय साबुन र लाइफब्वाय ह्याण्डवासहरु वितरण गरिसकेको छ।
अत्यावश्यक पर्ने सामग्री सहितको राहत प्याकेज प्रदान
युनिलिभरद्वारा करिब ४२०० परिवारहरुलाई रासनसहितको राहत प्याकेज प्रदान गरिएको छ। स्थानीय वडा कार्यालयहरुको समन्वयमा वितरण गरिएको करिब ६८ लाख रुपैयाँ बराबरको यी राहत प्याकेजहरु हेटौंडामा २२००, वीरगञ्जमा १००० र चितवनमा १००० परिवारलाई वितरण गरिएको थियो। कम्पनीको कारखाना टिमले पनि हेटांैडामा रहेको मानव सेवा आश्रममा आश्रय लिइरहेका १५० जना बालबालिका र ज्येष्ठ नागरिकहरुका लागि एक महिना बराबरको राहत उपलब्ध गराएको छ।
राहत स्वरुप प्रदान गरिएको सहायता रकम फिर्ता
युनिलिभर नेपालले एस्.एस्.एफद्वारा उद्योगहरुलाई २०२० को अप्रिल, मे र जुन महिनाको लागी प्रदान गरिएको वित्तीय सहयोग वापतको रकम फिर्ता गर्ने निर्णय गरेको छ। उक्त फिर्ता गरिएको रकम सो कोषद्वारा हालको समयमा सहायताको जरुरत परेका साना व्यवसायको कल्याणको लागी उपयोग गरिन सकिनेछ।
जनचेतना अभिवृद्धिमा सक्रियता
युनिलिभरले हात धुने कार्यलाई धेरै भन्दा धेरै प्रोत्साहन गर्न महानायक राजेश हमालसँग समन्वय गरी सामाजिक सञ्जालहरुमा व्यापक रुपमा हातधुने सम्बन्धी जनचेतना अभियान संचालन गरेको छ। यसका अतिरिक्त युनिलिभरले सर्वसाधारणलाई सामाजिक दूरी कायम गर्न अभिप्रेरित गर्न समेत उद्देश्यमूलक सञ्चार अभियानहरु संचालन गरेको छ।
यसैगरी युनिलिभर नेपालले अनिश्चित भविष्य, अदृश्य चुनौतीहरु र कठिनाइहरुका कारण आफ्नो घर फर्किरहेका दाजुभाइ दिदीबहिनीहरुलाई खुल्ला एवं स्वच्छ ह्रृदयले मानवीय भावनाका साथ स्वागत गर्न युनिसेफसँग मिलेर हाम्रो नमस्ते अभियान समेत चलाएको छ। यसरी घर फर्किरहेका व्यक्तीहरुलाई निजहरुको घर, आफन्त एवं देशवासीको सहयोग महत्वपूर्ण रहेको हुन्छ। हाम्रोनमस्ते अभियान नेपालमा महानायकको रुपमा चिनिने श्री राजेश हमाल ज्यूसंग मिलेर चलाइएको छ। यो अभियानमा कवितात्मक सन्देश प्रयोग गरिएको छ। सो सन्देशले सहानुभूति, ऐक्यवद्धताको महत्व तथा हाम्रा मेहनती दाजुभाई दिदीबहिनीहरुलाई खुल्ला मनका साथ स्वागत गरिनुपर्ने मर्म बोकेको छ।
युनिलिभर नेपाल लिमिटेड (युएनएल) नेपालमा २७ वर्षको धरोहर भएको सबैभन्दा ठूलो तीव्र गतिमा अघि बढिरहेको उपभोक्ताहरुको कम्पनी हो। यो कम्पनी हिन्दुस्तान युनिलिभर लिमिटेड-भारतको सबैभन्दा ठूलो फास्ट मुभिङ्ग कन्जुमर गुड्स कम्पनी) को सहायक कम्पनी हो। सह्रृदयी बन्न, सुशिल–सुन्दर देखिन तथा जीवनबाट धेरै पाउन उद्धत एउटा उज्यालो भविष्य निर्माणको परिकल्पना गर्दै र हामीलाई एउटा अनुपम मौका दिंदै आएका १० नेपाली घर,गृहस्थ मध्ये ९ ले हाम्रा उत्पादनहरु दिनदिनै प्रयोग गर्दछन्। जसले हामीलाई उज्ज्वल भविष्य निर्माण गर्न एक अद्भूत अवसर प्रदान गरेको छ।


























