असार २१ । श्रीलंकाका क्रिकेटर कुशल मेन्डीस पक्राउ परेका छन्।
ब्याट्सम्यान मेन्डीसले चलाएको कारको ठक्करबाट एक वृद्धको ज्यान गएपछि श्रीलंकाको पुलिसले उनलाई पक्राउ गरेको हो।
६४ वर्षे वृद्धलाई साइकल चलाइरहेको अवस्थामा मेन्डीसको कारले ठक्कर दिएको बताईएको छ।
पक्राउपछि मेन्डीसको मेडिकल जाँच गरेर उनलाई अदालतमा उपस्थिति गराउने तयारी भईरहेको श्रीलंकन मिडियाले जनाएको छ।
२५ वर्षे मेन्डीस श्रीलंकाका विकेट किपर ब्याट्सम्यान हुन्। उनले ४४ टेष्ट, ७६ एकदिवसीय र २६ टी(ट्वान्टी क्रिकेट खेलिसकेका छन्। एजेन्सी
Facebook Comments


























