काठमाडौं, असार २१ । काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आइतबार बिहान अगलागी हुँदा ८ वटा माइक्रो बसमा क्षति पुगेको छ।
आगलागीबाट ८ वटा माइक्रोबसमा क्षति पुगेको प्रहरीले जनाएको हो। बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबसमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी रोशन खड्काले प्राविधिक कारणले आगलागी भएको हुनसक्ने बताए।
तरपनि आगलागी कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेको उनले जानकारी दिए। प्रहरीका अनुसार अनुसन्धानका लागि अपराध महाशाखाको टोली पनि परिचालित भएको छ।
Facebook Comments


























