मुम्बई, असार २१ । अजय देवगन स्टारर स्पोर्टस् ड्रामा ‘मैदान’ १३ अगस्तमा रिलिज हुने भएको छ। अजयले ट्वीट गर्दै फिल्म हलमा सन् २०२१ को अगस्तमा रिलिज हुने जानकारी दिए।
यो फिल्म फुटबलको कथामा आधारित छ। अजयले फिल्ममा कोच सैयद अब्दुल रहिमको भूमिका निभाएका छन्। सैयदलाई भारतमा भारतीय फुटबलका संस्थापक पिता पनि भन्ने गरिन्छ। उनी सन् १९५० देखि १९६३ सम्म भारतीय राष्ट्रिय फुटबल टिमका म्यानेजर थिए।
फिल्मलाई अमित शर्माले निर्देशन गर्नेछन्। यसअघि उनले ‘बधाई हो’ निर्देशन गरेका थिए। जुन बलिउडमा लोकप्रिय भएको थियो।
Facebook Comments


























