असार २० । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले साँघुरो जित निकालेको छ।
शनिबार भएको खेलमा ब्राइटनले नर्विच सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो।
ब्राइटनको जितमा लिन्ड्रो ट्रोसार्डले निर्णायक गोल गरे।
खेलको २५ औं मिनेटमा ट्रोसार्डले निर्णायक गोल गरेका थिए।
जितसँगै ब्राइटनले ३३ खेलमा ३६ अंक जोडेको छ। ब्राइटन लिगको १५ औं स्थानमा रहेको छ।
पराजित नर्विचको २१ अंक रहेको छ। नर्विच लिगको पुछारमा रहेको छ। एजेन्सी
Facebook Comments


























