असार २० । लण्डन क्लब चेल्सीले विलियनसंग पुन सम्झौता नविकरणको प्रयास थालेको छ।
ब्राजिली स्टार विलियनले चीनियाँ क्लबको प्रस्ताव अस्विकार गरेसंगै चेल्सीले पुन ब्राजिली स्टारसंग सम्झौता नविकरणका लागि छलफल अघि बढाएको हो। तर चेल्सी विलियनसंग दुई बर्षभन्दा धेरै समयको सम्झौता गर्न चाहदैन।
विलियनले सार्वजनीक रुपमै आफुले चेल्सीसंग तीन बर्षको नयाँ सम्झौता मागेको बताएका छन्। उनले चेल्सी छाडेपनि प्रिमियर लिगकै अन्य क्लबमा रहने संकेत गरेका छन्।
चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्डले लण्डन क्लब आर्सनल र टोटेनहमले विलियनमाथि चासो राखेको देखिरहेका छन्। सोही कारण उनी शहरी प्रतिद्धन्दी भन्दा विलियनलाई आफैसंग राख्न चाहन्छन्। विलियन पछिल्लो समय अझ परिस्किृत लयमा देखिएका छन्।
चेल्सीले ३० बर्ष उमेर भन्दा माथिका खेलाडीलाई मात्र एक बर्षको सम्झौता थप्दै आएको छ। तर उसले पछिल्लो समय नियमलाई परिमार्जन गरेको छ।
उसले सन् २०१८ मा आर्सनलबाट ओलिभर जिराउडलाई क्लबमा अनुबन्धन गर्दा एक बर्षको नियम तोडेको थियो।
पछिल्लो सिजन विलियनको उम्दा प्रर्दशनले चेल्सी पुन ब्राजिली स्टारलाई क्लबमा राख्न कोशिश गरेको हो। यस सिजन उनले १३ गोल गरेका छन्।
विलियनबाट प्रर्दशनबाट प्रभावित चेल्सीले सिजनको अन्त्यसम्म राख्ने सहमती गरिसकेको छ। प्रिमियर लिग क्लबमा सम्झौता सकिन केही घण्टा अघिमात्र चेल्सीले पेड्रो र विलियनसम्म सिजनको अन्तिमसम्म रहने सम्झौता गरेको हो। सिजनको अन्त्यसंगै पेड्रो सिरि ए क्लब रोमा जाने तयारीमा छन्।
लण्डन क्लब चेल्सीले नयाँ सिजन युवा स्टार खेलाडी टमो वार्नर र हाकिम जियाचलाई अनुबन्धन गरेको छ। तरपनि लण्डन क्लबले विलियनलाई चेल्सीमै राख्ने मनसाय बनाएको हो। एजेन्सी


























