असार २० । पाकिस्तानमा तिर्थालु सवार गाडीलाई रेलले ठक्कर दिदा २१ जनाको मृत्यु भएको छ।
कराँची–लाहोर एक्सप्रेसको रेलले पञ्जाबको शेखपुरामा शुक्रबार लेभल क्रसिङ्गमा ठक्कर दिदा २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
शिखरुको प्रमुख धार्मिक स्थल नानकनाबाट घर फर्किँदै गर्दा मृत्यु भएका २१ जनामा धेरैजसो एकै घरपरिवारको रहेको बताइएको छ। दुर्घटनामा अरु १० जना घाइते भएका छन्। एजेन्सी
Facebook Comments


























