काठमाडौं, असार १८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। बिहीबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्तापछि बैठक स्थगित भएको हो।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्तारुढ नेकपामा खतरा उत्पन्न भएको बताएका छन्। प्रवक्ता श्रेष्ठले एकता गम्भीर संकटमा परेकाले त्यसबाट जोगाउन भोलि सहमति जुटाउन समय दिइएको र पर्सी बिहान ११ बजे बैठक बस्ने बताए।
प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीमा गम्भीर समस्या बढेको र त्यसले एकतामा खतरा उत्पन्न गरेको छ।’
प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक बोलाएका थिए। बैठकले संसदको वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गराएको थियो। राष्ट्रपतिले वर्खे अधिवेशन अन्त्यको घोषणा गरेकी थिइन्।
Facebook Comments


























