काठमाडौं, असार १६ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टीको १४ औं महाधिबेशनको कार्यतालिका परिमार्जन गर्न बैठक बस्न लागेको हो।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति हेरफेर नगरी तल्लो तहको अधिबेशनको मिति परिमार्जन गर्ने कांग्रेसले जनाएको छ।
गत आइतबार बसेको पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिबेशनको मिति परिमार्जन गर्ने निर्णय गरेको थियो।
गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिबेशन आगामी फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गर्दै महाधिबेशन कार्यतालिका तय गरेको थियो।
पूर्वनिर्धारित कार्यतालिका अनुसार आगामी कात्तिक १६ गतेदेखि गाउँ/नगर वडा अधिबेशनबाट सुरु हुने भनिएको कांग्रेसको महाधिबेशन कोरोना भाइरसका कारण प्रभावित भएको छ।


























