काठमाडौं, असार १४ । भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वल बहादुर सिंह नियुक्त भएका छन्।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आइतबार सिंहलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो।
विस २०७७ असार १० गतेको सदस्य सचिव स्तरीय निर्णयानुसार उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको राखेपले जनाएको छ।
काठमाडौं जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरि प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बहादुर विकद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।
२०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त भएका सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए।
ब्रम्ह स्पोर्ट्स क्लबबाट भलिबल खेल्ने सिंह आफ्ना समयका निकै राम्रा खेलाडी मानिन्थे।
Facebook Comments


























