असार १४ । भारत र चीनको सीमावर्ती क्षेत्र लद्दाखमा दुई भारतीय सैनिकको मृत्यु भएको छ।
श्योक नदीमा डुबेर उनीहरुको मृत्यु भएको जनाइएको छ। मृत्यु हुनेमा नायक सचिन मोरे र लान्स नायक सलीम खान रहेका छन्।
पुल निर्माणको संलग्न रहेका उनीहरु नदीमा डुबेको बताइएको छ। १५ जूनमा भएको चिनियाँ सैनिकसँगको हिंसात्मक झडपमा सोही क्षेत्रमा २० भारतीय सैनिक मारिएका थिए। एजेन्सी
Facebook Comments


























