असार १४ । पाकिस्तानी राष्ट्रिय क्रिकेट टिम इंग्ल्यान्ड प्रस्थान गरेका छन्।
घरेलु टिमसँग टेष्ट र टी-ट्वान्टी सिरिज खेल्नका लागि पाकिस्तानी टिम आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
पाकिस्तानले इंग्ल्यान्ड भ्रमणका लागि २० सदस्सीय टोलीको घोषणा गरिसकेको छ।
पाकिस्तान अजहर अलीको कप्तानीमा इंग्ल्यान्ड भ्रमणमा निस्किएको हो। टिमको उपकप्तान बाबर आजम रहेका छन्।
इंग्ल्यान्ड पुगेपछि पाकिस्तानी टोली १४ दिनको आईसोलेसनमा बस्ने छन्। हालै पाकिस्तानका खेलाडीमा कोरोना संक्रमण देखिएको थियो।
पाकिस्तानले इंग्ल्यान्डसँग ३ खेलको टेष्ट र टी-ट्वान्टी सिरिज खेल्नेछ।
दुई टोलीबीचको सिरिज जुलाई ३० मा सुरु हुनेछ। टी-ट्वान्टी सिरिज अगष्ट २९ देखि २ सेप्टेम्बरसम्म हुनेछ। एजेन्सी
Facebook Comments


























