काठमाडौं, असार १४ । शनिबार नेपालमा सलह आइपुगेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा विज्ञहरुको छलफल शुरु भएको छ। शनिबार नै कृषि मन्त्री घनश्याम भूसालले मन्त्रालयमा छलफल राखेका थिए।
उक्त छलफल पछाडि सलह प्रकोपको अवस्था, नियन्त्रणको संभावना र चालिने कदमबारे छलफल गर्न विज्ञहरुलाई मन्त्रालय बोलाइएको उपसचिव डा।गंगा आचार्यले बताए। उनका अनुसार, यो छलफलमा नेपालमा भित्रिएको सलह प्रकृति र यसले पु¥याउन सक्ने क्षतिबारे समेत आँकलन हुनेछ।
शनिबार सलह देखिएका जिल्लाहरुमा कृषिका कर्मचारी पुगेर तिनको प्रकृतिबारे अध्ययन गरेका थिए। “यो छलफलमा फिल्ड रिपोर्ट प्रस्तुत हुनेछ भने थप कदमबारे निर्णय समेत हुनेछ”, आचार्यले भने।
शनिबार बिहान सर्लाही र बारामा देखिएको सलह दिनभर विभिन्न जिल्ला हुँदै पहाड नै उक्लिसकेको छ।
Facebook Comments


























