काठमाडौं, असार १४ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ।
कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो।
कांग्रेसले १४ औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो। कांग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा भएको थियो।
Facebook Comments


























