असार १२ । इटालियन सिरी ‘ए’ फुटबलमा आज (शुक्रबार) लिग लिडर युभेन्ट्सले लिसीसँग प्रतिस्पर्धा गर्दैछ।
युभेन्ट्सले घरेलु मैदानमा लिसीको सामना गर्नेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति साढे १ बजे सुरु हुनेछ।
घरेलु मैदानमा कमजोर टिमविरुद्ध मैदान उत्रदा युभेन्ट्स सहज जित निकाल्ने योजनामा हुनेछ।
युभेन्ट्स रेलिगेसन क्षेत्रको टिमलाई हराएर उपाधि होड बलियो बनाउन चाहन्छ।
क्रिस्टियानो रोनाल्डो, पाउलो डिबला जस्ता स्टार ल्हेलादीले भरिएको युभेन्ट्सलाई जित निकाल्न कठिन भने छैन।
यस सिजन उपाधितर्फ लम्किएको युभेन्ट्सले २७ खेलमा ६६ अंक जोडेको छ। युभेन्ट्स दोस्रो स्थानको लाजियो भन्दा ४ अंकले अघि रहेको छ। लाजियोको ६२ अंक रहेको छ।
घरेलु मैदानमा जित निकाले युभेन्ट्सले शीर्ष स्थानको अग्रता ७ अंकको बनाउने छ।
लिसी २५ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ। तर, लिसी युभेन्ट्सविरुद्ध अप्रत्यासित नतिजा निकाल्दै रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ। एजेन्सी


























