काठमाडौं, असार ९ । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देश संकटमा फस्दै गएको बताएका छन्।
कोरोना महामारी र बेरोजगारी वृद्धि भइरहेकोतर्फ संकेत गर्दै भट्टराईले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा यी समस्या समाधानतिर भन्दा गुटको जालोमा फसेको उल्लेख गरेका छन्।
ट्वीटमार्फत उनले भनेका छन्, ‘देश चौतर्फी संकटमा फस्दैछ। कोरोना चर्किंदैछ। अर्थतन्त्र थला पर्दैछ।’
उनले विदेशबाट फर्केका र स्वदेशमै रहेका लाखौं वेरोजगार युवाको ताती बढेको उनको भनाइ छ।
‘एमसिसिको टुंगो छैन। नागरिकता बल्झिँदैछ,’ उनले भनेका छन्, ‘सत्ताधारी दल गुटको जालोमा फसेको छ। प्रधानमन्त्री उखान टुक्कारछेडखानीमा व्यस्त छन्। संकटको निकास खोजौं।’
Facebook Comments


























