ताप्लेजुङ, असार ९ । तमोर नदीले बगाउदा ३ जना वेपत्ता भएका छन्।
ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका ६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बु खोलामा वेपत्ता भएका छन्। सोमबार दिउँसो घरबाट टिपटाला तर्फ जाँदै गरेका सिजनेमा खोलाले बगाएर तमोर पुर्याए पछि बेपत्ता भएका हुन्।
त्यसै गरी सोमबार नै साथिहरूसँग तमरमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका ५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पालाई पनि तमोर नदिले बगाउँदा बेपत्ता भएका छन्।
पौडी खेल्न गएका उनीहरुलाई अचानक नदीले बगाएको भनी अन्य साथीहरुले होहल्ला गरेपछी स्थानीयवासीहरुले खोजतलास गर्दा फेला नपरेको भनी ईलाका प्रहरी आठराईमा जानकारी गराएसगै प्रहरी टोली समेत खटि गई खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ।
Facebook Comments


























