काठमाडौं, असार ८ । मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी साताव्यापीरूपमा मनाउन शुरू गरेको छ।
फाउण्डेशनले यही हिजोदेखि नै जलवायु परिवर्तन र वातावरण संरक्षणका लागि घर-कम्पाउण्ड वा सार्वजनिक स्थलमा फलफूलको विरुवा रोप्ने र रोपेका बिरुवाको संरक्षण गर्ने, फलफूल तथा तरकारीका बीउविजन वितरण गर्ने, किसानका बीचमा एकापसमा अनुभव साटासाट गर्ने, गरिब, असहाय, मजदुर, सुकुम्बासी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रम गर्ने जनाएको छ।
सचिव पेम्बा लामाका अनुसार सामाजिक सञ्जालमार्फत कोरोना भाइरससम्बन्धी सचेतना कार्यक्रमहरु, मदन भण्डारी रक्त कोष स्थापना, विभिन्न तहमा भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ र भण्डारीका योगदानका बारेमा अन्तरक्रियाको आयोजना, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र तथा जनजीविका, सरकार सञ्चालन, संगठन परिचालन आदिका विषयमा रचनात्मक कार्यक्रम आयोजना गर्ने पनि फाउण्डेशनले कार्यक्रम तय भएको छ।
तत्कालीन नेकपा ९एमाले० का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३ जेठ २०५० मा चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा निधन भएको थियो।
भण्डारीको जन्म १४ असार २००९ असारमा ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो। रासस


























