असार ७ । दक्षिण अफ्रिका क्रिकेटले आयोजना गर्ने भनिएको नयाँ फर्म्याटको क्रिकेट पछि सरेको छ।
कोरोना भाईरसबाट प्रभावित मानिसलाई सहयोग गर्ने उदेश्यले दक्षिण अफ्रिकाले तीन टिम सहभागी नयाँ फर्म्याटको क्रिकेट आयोजना गर्ने बताएको थियो।
सोलाडिरीटी कप नाम दिईएको प्रतियोगिता जुन २७ मा सेन्चुरियनमा हुने तय भएको थियो।
तर, प्रतियोगिता आयोजनाका लागि तयारी नपुगेको भन्दै प्रतियोगिता पछि सरेको दक्षिण अफ्रिका क्रिकेटले जनाएको छ।
दक्षिण अफ्रिका क्रिकेटले प्रतियोगिताको नयाँ मिति चाडै सार्वजनिक गर्ने जनाएको छ।
प्रतियोगितामा एबी डी भिलियर्स, क्विनटन डी कक र कागिसो राबडाको कप्तानीमा रहने तीन टिमले एक खेल खेल्नेछ।
तीन इनिङ्स १२ ओभरको हुने खेलमा ६ ओभरमा हाल्फ हुनेछ।
एस्बत उठेको रकम कोरोना प्रभावितलाई सहयोग गरिने क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ। एजेन्सी
Facebook Comments


























