काठमाडौं, असार ७ । प्रमुख प्रतिपक्ष कांग्रेसले नागरिकता संशोधन विधेयकमा फरक मत राख्ने भएको छ।
सभापति शेरबहादुर देउवाको निवासमा आज बिहान बसेको पदाधिकारी बैठकले राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका साथ नागिरकता विधेयक पारित भए पनि पार्टीले फरक मत राख्ने निर्णय गरेको हो।
नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात वर्षपछि अङ्गीकृत नागरिकता दिने नेकपाको सचिवालय बैठकले निर्णय गरिसकेको छ। आज बस्ने राज्य व्यवस्था समितिको बैठकले विदेशबाट विवाह गरेर आएकी महिलाले सात वर्षपछि मात्रै नागरिकता पाउने व्यवस्थासहितको विधेयक संशोधन पारित गर्दैछ।
यसमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सहमति जनाएका छैनन्। यस्तो व्यवस्था भए सामाजिक द्वन्द्व बढ्ने र विभेद हुने दुई पार्टीको अडान छ।
Facebook Comments


























