चन्द्रौटा, असार ७ । कपिलस्तुको कृष्णनगरमा कुखुराका चल्ला आज नष्ट गरिएको छ। भारतबाट अवैध रूपमा नेपाल ल्याइँदै गरेको २५ बाकस चल्ला प्रहरीले बरामद गरेको थियो।
कृष्णनगर नगरपालिका वडा नं १२ हरिगवाबाट करीब तीन हजार चल्ला बरामद गरिएको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए।
ती चल्लाको मूल्य रु दुई लाख ८१ हजार २५० रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ। विभिन्न सरोकार निकायको रोहवरमा चल्ला नष्ट गरिएको थियो। रासस
Facebook Comments


























