असार, ७ । फेसबुकले स्वीडेनको म्यापिङ टेक्नोलोजी कम्पनी म्यापिलरी खरिद गरेको छ। गूगल स्ट्रिट भ्युको प्रतिस्पर्धि रहेको म्यापिलरीको स्वामित्व फेसबुकले खरिद गरेको हो।
सन् २०१३ मा स्वीडेनको माल्मोमा स्थापना भएको कम्पनी म्यापिलरीले लगानीकर्ताबाट अहिलेसम्म २४.५ मिलियन डलर जुटाएको थियो। म्यापिलरीमा एक अर्बभन्दा बढी फोटोहरु समावेश छन्।
स्ट्रिट लेभल इमेजरी प्लेटफर्म म्यापिलरी आईफोन तथा एन्ड्रोइड दुबै प्लटेफर्ममा उपलब्ध रहेको छ। यसले म्यापीङलाई स्केल र अटोमेट गर्दछ। स्मार्टफोनको प्रयोग गरेर सन् २०१३ देखि म्यापिलरिका प्रयोगकर्ताले फोटोहरु संकलन गर्ने गरेका छन्।
Facebook Comments


























