असार ६ । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) विभिन्न चार खेलहरु हुँदैछ।
कोरोना भाइरसको महामारीबीच सुचारु लिग अन्तर्गत शनिबार एट्लेटिको मड्रिडले रियल भायाडोलिटको सामना गर्नेछ।
एट्लेटिकोको मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति सौने २ बजे सुरु हुनेछ।
घरेलु मैदानमा एट्लेटिको जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लन चाहन्छ।
चौंथो स्थानको एट्लेटिकोले ४९ अंक जोडेको छ। घरेलु मैदानमा सहज जित निकाले सेभियालाई पछि पार्दै एट्लेटिको तेस्रो स्थानमा उक्लने छ।
पाहुना टोली भायाडोलिट ३३ अंक जोडेको १५ औं स्थानमा रहेको छ।
यस्तै स्पानियोलले घरेलु मैदानमा लेभान्टेको सामना गर्नेछ।
ला लिगा अन्तर्गत नै एथ्लेटिक बिल्बाओले रियल बेटिससँग खेल्दा गेटाफे र इबरबीच प्रतिस्पर्धा हुनेछ। एजेन्सी
Facebook Comments


























