असार ६ । हलिउड फिल्म अवतारको सिक्वेलको छायांकन सुरु भएको छ। संसारको सबैभन्दा बढी कमाउने फिल्म बनेको फिल्म अवतार सिक्वेलको घोषणा २०२० मा भएको थियो।
कोरोनाभाइरसका कारण रोकिएको अवतार २ को छायांकन सुरु गरिएको जनाइएको छ। जेम्स क्यामरुनले निर्देशन गर्ने यस फिल्मको छायाङ्कनको लागी निर्देशक क्यामरुन र निर्माता जोन ल्यान्डौ न्युजिल्यान्ड पुगेका छन्। यस फिल्मको छायाङ्कन सामाजिक दुरी कायम गरी सुरु गरिएको जनाइएको छ।
‘अवतार २’ मा सेम वर्थिंगटन र जो सलदाना प्रमुख भूमिका रहने जनाइएको छ। यस फिल्ममा अन्डरवाटर सिन हुने बताइएको छ। २००९ को फिल्म अवतार हलिउडको इतिहासमै धेरै कमाई गर्ने फिल्म बनेको थियो। एजेन्सी
Facebook Comments


























