असार ६ । कोरोना भाईरसको महामारीको कारण स्थगी इटालियन सिरी ‘ए’ फुटबल आज (शनिबार) बाट सुचारु हुँदैछ।
कोरोनाको कारण मार्चबाट स्थगित लिग शनिबारबाट सुचारु हुन लागेको हो।
लिग सुचारु पछिको पहिलो दिन दुई खेल हुनेछ। जसमा टोरिनो र पर्मा तथा हेलास भेरोना र काग्लियारीबीच खेल हुनेछ।
टोरिनोले घरेलु मैदानमा पर्मासँग खेल्नेछ। दुई टोलीबीचको खेल राति सवा ११ बजे सुरु हुनेछ।
टोरिनो २७ अंक जोडेर १५ औं स्थानमा रहदा ३५ अंक जोडेको पर्मा नवौं स्थानमा छन्।
यस्तै भेरोना र काग्लियारीबीचको खेल राति साढे १ बजे सुरु हुनेछ।
भेरोना ३५ अंक जोडेर आठौं र काग्लियारी ३२ अंक जोडेर १२ औं स्थानमा रहेका छन्।
यस सिजन युभेन्ट्स ६३ अंक जोडेर शीर्ष स्थानमा रहदा ६२ अंक जोडेको लाजियो दोस्रो स्थानमा रहेका छन्। एजेन्सी
Facebook Comments


























