गुल्मी, असार ५ । भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका गुल्मीका एक वृद्धको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए। प्यारालाइसिसबाट पीडित उनी भारतमा उपचार गरेर फर्किएका थिए।
भारतबाट आएपछि उनी होम क्वारेन्टिनमा बसेका थिए। हिजो उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए।
उनको स्वाब परीक्षण गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।
गुल्मीमा पीसीआर परीक्षणको लागि ९ सय ७६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५ सय ४८ जनाको रिपोर्ट आउन बाँकी छ।
Facebook Comments


























