असार ३ । विश्वमा सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपको आफ्नै डिजिटल भुक्तानी सेवा सार्वजनिक भएको छ। फेसबुकका सीईओ मार्क जुकरवर्गले ब्राजिलमा उक्त सेवा सार्वजनिक भएको आफ्नो फेसबुक पोस्टमार्फत जानकारी दिएका हुन्।
साना व्यवसायलाई सहयोग गर्ने उद्देश्यले पैसा पठाउने र प्राप्त गर्ने विधिलाई फोटो आदान प्रदान जतिकै सहज र छिटो बनाउन लागेको जुकरबर्गले बताएका छन्।
साना व्यवसायीहरुलाई ह्वाट्सएपको माध्यमबाट खरिद बिक्री सुविधा चाँढै नै दिन लागेको उनले जानकारी दिए।
ह्वाट्सएप भुक्तानीका लागि ब्राजिलका स्थानीय बैंकहरुसँग सम्झौता गरिसकिएको उनले बताए। फेसबुकले विश्वमै पहिलोपटक ब्राजिलमा ह्वाट्सएपको भुक्तानी सेवा सार्वजनिक गरेको हो। एजेन्सी
Facebook Comments


























