भदौ १६ । भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज दिउँसो अन्तिम संस्कार गरिने भएको छ।
मुखर्जीको अन्तिम संस्कार दिल्लीस्थित लोदी श्मशान घाटमा दिउँसो साढे २ बजे गरिने भएको छ। उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान सवा ९ बजेदेखि दिल्लीस्थित दश राजाजी मार्गमा राखिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
मुखर्जीको निधनमा भारत सरकारले सात दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। मष्तिस्कमा जमेको रगत निकाल्ने क्रममा मुखर्जीलाई गत अगष्ट १० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
त्यसयता दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा भर्ना भएका मुखर्जीको सोमबार साँझ ८४ वर्षको उमेरमा निधन भएको थियो। एजेन्सी
Facebook Comments


























