काठमाडौं, असार ३ । भ्रष्टाचार र एमसीसीको विरोधमा आज कोटेश्वरमा विरोध प्रदर्शन भएको छ।
प्रदर्शनकारीहरुले भौतिक दूरी कायम गरेर नै विरोध कार्यक्रम गरेका थिए। उनीहरुको हात हातमा विभिन्न नारा बोकेका प्लेकार्ड थिए। यदि एमसीसीको विरुद्धमा प्रदर्शन गर्नु अपराध हो भने मलाई पक्राउ गर, भारतबाट ल्याएको अदुवा लसुन नक्कली परेजस्तो छ, कोरोना त झन बढ्यो त डाक्टरसाहब, भ्रष्टाचार गर्न बन्द गरे, क्वारेन्टिनमा चुक्कुल हालेको भए एउटी महिला बलात्कृत हुनबाट बच्थे की ? र पिसिआर परीक्षणको दायरा बढाउजस्ता नारासहितका प्लेकार्ड बोकेर उनीहरु सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका थिए।

Facebook Comments


























