काठमाडौं, असार १ । शार्कका महासचिव इसाला रुवान विराकुन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा कोरोना भाइरस नियन्त्रण रोकथाम तथा शार्कका काम कारबाहीका विषयमा छलफल भएको थियो।
श्रीलंकाली कूटनीतिज्ञसमेत रहेका विराकुनले शार्कका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
Facebook Comments


























