असार १ । अष्ट्रियाका टेनिस स्टार डोमिनिक थिमले एड्रिया टुर अन्तर्गतको पहिलो लेगको उपाधि जितेका छन्।
सर्बियाको बेलग्रेडमा आइतबार भएको फाइनलमा सर्बियाका फिलिप क्राजिनोभिकलाई पराजित गर्दै डोमिनिकले उपाधि जितेका हुन्।
विश्व नम्बर ३ डोमिनिकले फिलिपमाथि ४-३, २-४ र ४-२ को सेटमा पराजित गरे।
कोरोना भाईरसको महामारीपछि सर्बियन टेनिस स्टार नोभाक जोकोभिकले पहिलो पटक यस प्रदर्शनी प्रतियोगिता आयोजना गरेका हुन्। जोकोभिक भने फाइनल पुग्न सकेनन्।
लामो समय कोर्ट बाहिर रहेका खेलाडीको फिटनेसलाई फिर्ता ल्याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता मा ४ हजार दर्शक उपस्थिति रहेको थियो।
प्रतियोगिता अन्तर्गत दोस्रो लेगको प्रतियोगिता क्रोएसियाको कोस्टल रिसोर्टमा जुन २०-२१ सम्म हुनेछ। मोन्टेनग्रोमा तय भएको तेस्रो लेग भने रद्द भएको छ। यस्तै फाइनल चरणको प्रतियोगिता बोन्सियाको बान्जा लुकामा जुलाई ३ र ४ मा हुनेछ।
कोरोनाको कारण गत मार्चबाट टेनिस प्रतियोगिता स्थगित गरिएको छ। एटिपी टुर जुलाई ३१ सम्म स्थगित गरिएको छ। एजेन्सी


























