सुर्खेत, जेष्ठ २१ । दैलेखको गुराँस गाउँपालिका –४ स्थित घोडाबासमा बुधबार बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
तल्लो डुङ्गेश्वरबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ५ ख १६८५ नम्बरको बस दुर्घटना हुँदा कञ्चनपुरको भीमदत्त नगरपालिकाका करिब ४५ वर्षीय कल्यानसिङ बोहोरोको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नयनबहादुर साउदले जानकारी दिए। दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय सहचालक जयराज आवस्थी घाइते भएका छन्।
साउदका अनुसार दुर्घटनामा परेको बसमा चालक र सहचालक मात्रै सवार रहेको र बस रोडबाट करिब तीन सय मिटर तल खसेको थियो।
Facebook Comments


























